कैलालीको मालाखेतीमा भेट्रान पेनाल्टी सुटआउट प्रतियोगीता आयोजना हुने

अत्तरिया- कैलालीको गोदावरीमा भेट्रान पेनाल्टी सुटआउट प्रतियोगिता अयोजना हुने भएको छ । गोदावरी नगरपालिका वडा नं. ३ मा रहेको माउन्ट एभरेष्ट क्लब मालाखेतीले प्रतियोगीताको आयोजना गर्ने भएको हो ।

Dadeldhura hospital

यही बैशाख २९ गते चौँकीडाडा सामुदायीक वनको भवन अगाडी रहेको खेलमैदानमा प्रतियोगीता सञ्चालन गरिने क्लबका सल्लाहकार रमेश भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार प्रतियोगीताको प्रथम पुरस्कार २१ हजार १ सय ११ रहेको छ भने द्धितिय पुरस्कार ११ हजार १ सय ११ र तृतिय पुरस्कार ५ हजार १ सय ११ रहेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Godawari sandesh

प्रतियोगीतामा ३५ वर्ष पुगेका नागरिकहरुले सहभागीता जनाउन पाउने क्लबका सचिव आशिष भट्टराईले बताए । प्रतियोगीतामा टिम दर्ताका लागी १ हजार १ सय रुपैयाँ तोकिएको छ भने बैशाख २८ गतेसम्म टिमदर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ । प्रत्येक टिममा ६/६ जना खेलाडीहरु मात्रै सहभागी हुन पाउने क्लबका सचिव भट्टराईले बताए ।

उनले खेलको माध्यमबाट अग्रजहरुको भेटघाट गर्ने योजना मुताविक प्रतियोगीता आयोजना गर्न लागिएको बताए । खेलकुद स्वास्थ्यका लागी पनि महत्वपूणर् भएकाले ३५ वर्ष भन्दा बढी उमेर भैसकेका मानिसहरुलाई स्वस्थ रहन पनि प्रतियोगीताले भुमिका खेल्ने क्लबका सचिव भट्टराईले बताए ।

Loading...