थप ३२ जनामा कोरोना संक्रमण , १२ डिस्चार्ज

काठमाडौं- देशभर थप ३२ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टामा परीक्षण गराइएका १९६४ नमूनामध्ये ३२ नमूनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

जसमा पीसीआरबाट ३०४ नमूना र एन्टिजेन विधिबाट १६६० नमूना परीक्षण भएको थियो। जसमा पीसीआरबाट ८ जना र एन्टिजेन विधिबाट २४ जनामा कोरोना पुष्टि भएको हो।

Navadurga sun

आज १२ जना कोरोनामुक्त भएका छन्। आज कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३५ सय ६५ जनाले कोरोनाविरूद्ध खोप लगाएका छन्। हाल सक्रिय संक्रमितको संख्या १३३ रहेको मन्त्रालयले जनाएको छ।

ADD Khali jpg
Loading...