सुतिरहेकी बालिकामाथि घरको भित्ता फोडेर बलात्कार

दाङ- बर्दियामा घरको भित्ता फोडेर भित्र प्रवेश गरी सुतिरहेकी एक नाबालिकामाथि बलात्कार भएको छ। राजापुर नगरपालिका जोगी डाँडाकी स्थानीय १३ वर्षीया बालिका घरमा एक्लै सुतिरहेको बेला घरको भित्ता फोडेर भित्र प्रवेश गरी उनीमाथि बलात्कार भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख डिएसपी प्रकाश सापकोटाले बुधबार राति ११ बजेपछि राजापुर–६ का २७ वर्षीय शनिराम चौधरीले बाँसको छडीले बेरी माटोले लिपेको घरको भित्ता फोडेर बालिकामाथि मध्यरातमा बलात्कार गरेको बताए।

Navadurga sun
Godawari sandesh

घरको भित्ता फुटाउन उनलाई स्थानीय २७ वर्षीय राजाराम चौधरीले सहयोग गरेको देखिएको हुँदा दुबै जनालाई बिहीबार बेलुका पक्राउ गरिएको डिएसपी सापकोटाले बताए।

Dadeldhura hospital

‘बालिकाले घरको भित्ता फोड्दै गरेको थाहा पाएर रातिमा गुहार मागेकी रहिछन्,’ डिएसपी सापकोटाले भने, ‘तर त्यो दिन हावासहित पानी परिरहेको हुँदा नजिकै बस्ने उनका हजुरबुवा, आमाले पनि थाहा पाएनन्।’

पीडित बालिकाले बिहीबार नै उनीहरूविरूद्ध किटानी जाहेरी दिएकी छन‍्। बुवा-आमा झन्डै ४ महिना पहिले रोजगारीको खोजीमा भारत गएको हुँदा बालिका घरमा एक्लै बस्दै आएकी थिइन्। नजिकै घर भएकी हजुरआमा बालिकासँग सुत्न जाने गरेको भए पनि विगत केही दिन गएकी थिइनन्।

उनी एक्लै सुत्दै आएको पत्ता लगाएर घरको भित्ता फोडेर शनिराम भित्र प्रवेश गरी बलात्कार गरेको कुरा अभियुक्तले स्वीकार गरिसकेको डिएसपी सापकोटाले जानकारी दिए। पीडित बालिकाको स्वास्थ्य परीक्षण गराइसकिएको र त्यसमा पनि बलात्कार भएको देखिएको प्रहरी अधिकारीले बताए।

शुक्रबार सार्वजनिक बिदा र शनिबार पनि बिदा परेको हुँदा आइतबार मात्रै अभियुक्तहरूलाई म्याद थपका लागि अदालतमा पठाइने प्रहरीले बताएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

Loading...