सतबाँझ–श्रीभावर सडकखण्डको थप १४ किलोमिटर कालोपत्रे हुने

बैतडी- सुदूरपश्चिम प्रदेश गौरवको योजनाको रुपमा रहेको बैतडीको सतबाँझ–श्रीभावर–हाट सडक निर्माण कार्यले तीव्रता पाएको छ। उक्त योजनाअन्तर्गत सतबाँझ–श्रीभावर खण्डको थप सडक थप १४ किलोमिटर कालोपत्रे हुने भएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी हर्कराज जोशीले जानकारी दिए।

यसअघि ६ किलोमिटरमा कालोपत्रेको काम अन्तिम चरणमा रहेकोमा थप १४ किलोमिटर कालोपत्रे गर्न भ्याट बाहेक ५२ करोड ७० लाखमा ठेक्का आह्वान भएको छ। गाडागाउँदेखि कठेगौंडासम्मको उक्त १४ किलोमिटरको सडक कालोपत्रको काम गर्न तीन वर्ष लाग्ने पूर्वाधार विकास कार्यालयले जनाएको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यसका साथै कठेगौंडादेखि थप २० किलोमिटर स्तरोन्नति हुने भएको छ। स्तरोन्नतिका लागि १७ करोड ७५ लाखको ठेक्का आह्वान भएको छ। जसमा सडक चौडा पार्ने, वाल लगाउने र ट्रयाक खोल्ने कार्य हुनेछ। यसका साथै श्रीभावर–हाट खण्डदेखि अगाडि साढे १३ किलोमिटर खण्डमा कालोपत्रेको काम धमाधम भइरहेको छ।

प्रदेश गौरवको यो योजनाले निर्माण सम्पन्न भएमा बझाङ, पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकाका नागरिकका लागि बैतडी जिल्ला सदरमुकाम जोड्ने द्रुत मार्गका रूपमा प्रयोग हुनेछ। साथै भारतीय सीमा नाका झुलाघाटका लागि समेत छोटो बाटोको रूपमा प्रयोग हुने भएकाले व्यापार व्यवसाय बढाउन मद्दत पुग्ने सुर्नया गाउँपालिकाका पूर्व अध्यक्ष वीरबहादुर विष्टले बताए।

आर्थिक वर्ष २०५५/०५६ सालमा यो सडकको शिलान्यास भए पनि प्रदेश सरकार आएपछि गति लिएको छ। शुरुमा ट्रयाक खोल्नमै ढिला भएकोमा प्रदेश सरकारले यो सडकलाई गौरवको योजनाको रूपमा राखेपछि हाल स्तरोन्नतिको कामले तीव्रता पाएको हो। लामो समयपछि सडक निर्माणले गति लिएपछि स्थानीय बासिन्दा पनि खुसी भएका छन्।

Loading...