शंकर कँडेल मृत्यु प्रकरणः आत्महत्या दुरूत्साहन आरोपमा जीवन रावल पक्राउ

चितवन- चितवनका पोल्ट्रि व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा छबिसपाथिभेरा गाउँपालिका–१, बझाङका ३६ वर्षीय जीवनबहादुर रावल रहेका छन्।

रावललाई बिहीबार जितपुरसिमरा उपमहानगरपालिका–२ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले जानकारी दिए।

Navadurga sun
Godawari sandesh

नेपाली कांगेस चितवनका महासमिति सदस्य रहेका कँडेल मङ्गलबार साँझ नारायणगढस्थित आफ्नै कार्यालयमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।

Dadeldhura hospital

घटनास्थलमा भेटिएको सुसाइड नोटका आधारमा कँडेलका परिवारले प्रदीप रूङ्टा र जीवन रावलविरूद्ध बुधबार जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी दिएका थिए।

केही महिनाअघि कँडेलले आफ्नो नेतृत्वको अनमोल फिड्स प्रालिको शेयर व्यवसायी रुङ्टालाई बेचेका थिए। हिजो पक्राउ परेका रावल कँडेलकै कम्पनीमा कार्यरत चार्टर्ड अकाउन्टेन्ट हुन्।

शेयर बिक्रीपछि आन्तरिक हिसाब मिलानका क्रममा रुङ्टा र रावलले मानसिक दबाब दिएको उनको सुसाइट नोटमा उल्लेख भएको प्रहरीले जनाएको छ।

कँडेलको परिवारले दिएको जाहेरीका आधारमा रावललाई पक्राउ गरिएका र उनीविरूद्ध अदालतबाट म्याद थप गराई थप अनुसन्धान हुने डिएसपी पण्डितले जानकारी दिए। घटनापछि रूङ्टा भने फरार छन्। उनको खोजी भइरहेको पनि डिएसपी पण्डितले जानकारी दिए।

 

Loading...