मौसम सुधार : आज धेरै ठाउँमा घाम लाग्ने

काडमाडौं- आजदेखि मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् । देशका धेरै ठाउँमा आज घाम लाग्ने मौसमविद् गोविन्द झाले जानकारी दिए ।

Dadeldhura hospital

गएको शनिवारयता लगातारजसो पानी परेको थियो । तर, पानी पार्ने प्रणाली केही कमजोर भएकाले आज केही दिनयताको जस्तो लगातार पानी नपर्ने मौसमविद् झाले बताए । तर, प्रि(मनसुनको समय भएकाले दिउँसोपछि केही ठाउँमा पानी पर्ने उनको भनाइ छ ।

Navadurga sun
Godawari sandesh

आज दिउँसोपछि काठमाण्डौसहित पहाडी क्षेत्रका केही ठाउँमा पनि मौसम बदली भइ हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिए । पहाडी क्षेत्रको मौसम अहिले धुम्म भए पनि पानी परेको छैन । मौसम बिस्तारै खुल्दै गइ घाम लाग्ने मौसमविद्ले बताएका छन् ।

तराईका धेरैजसो जिल्लाको मौसम भने समान्यतया सफा नै छ । प्रि(मनसुनको समयमा स्थानीय वायु विकसित भएर तत्काल पानी पर्ने हुन्छ । यसमा पश्चिमी वायुसमेत मिसिएमा धेरै ठाउँमा लामो समयसम्म पानी पर्ने मौसमविद् बताउँछन् ।

Loading...