धनगढीबाट लागुऔषधसहित दुई जना पक्राउ

Dadeldhura hospital

धनगढी- कैलालीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–२ तिल्के तालबाट ९ ग्राम ७ सय ४० मिलिग्राम लागुऔषधसहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ का ४९ वर्षीय जयराज भट्ट पक्राउ परेका छन्। प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले टोलीले भट्टलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।

यस्तै धनगढी वडा नम्बर –८ बुद्धचोकका २० वर्षीय उमेश घले पनि लागुऔषधसहित पक्राउ परेका छन्। प्रहरीले उनलाई १ ग्राम लागुऔषधसहित मंगलबार दिउँसो पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीले लागूऔषधसहित पक्राउ परेका दुबैलाई प्रही कार्यालयमा ल्याएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

 

 

 

Navadurga sun
Godawari sandesh
Loading...