वेदकोट नगरपालिकामा १५ जना स्वास्थ्य स्वयमसेविका र कासलाई साईकल वितरण

कञ्चनपुर- कञ्चनपुरको वेदकोट नगरपालिकामा साईकल वितरण गरिएको छ । बेदकोट नगरपालिका वडा-७ ले स्वास्थ्य स्वयमसेविका र कार्यालय सहयोगिलाई साईकल वितरण गरेको हो । वेदकोट नगरपालिका वडा-७ का वडा अध्यक्ष थानेश्वरप्रसाद भट्टले सोमवार १३ जना वडा स्वास्थ्य स्वयमसेविका र २ जना कार्यालय सहयोगि लगायत १५ जनालाई साईकल वितरण गरेको हुन् ।

Navadurga sun
Godawari sandesh

स्वयम सेविकाहरुलाई स्वास्थ्य सम्बन्धी काम गर्दा सजिलो होस भनेर साईकल वितरण गरेको अध्यक्ष भट्टले बताए । वेदकोट नगर प्रमुख भोजराज बोहराले साईकल प्राप्त गर्ने स्वास्थ्य स्वयमसेवीकाहरुलाई अब वडामा कार्य गर्दा सहज हुने र काम पनि छिटो छरितो सम्पन्न गर्न मद्धत पुग्ने बताए ।

Dadeldhura hospital

त्यसैगरी दुईजना कार्यालय सहयोगिलाई पनि कार्यालयको कामकाजमा सहयोग पुगोस भनेर साइकल वितरण गरेको उनले बताए । उपप्रमुख तुलसी जोशीले स्वास्थ्य स्वयमसेविकाहरुलाई हिँडेर टाढा-टाढा सेवा दिन जानुपर्ने भएकोले मध्ये नजर गर्दै साइकल बितरणले काम गर्न सहज हुने बताईन् ।

उक्त साईकल वितरण कार्यक्रममा नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्य र नगर उप प्रमुख तुलसी जोशीको बिशिस्ट अतिथि रहेकी थिइन् । यस्तै वडा अध्यक्ष थानेश्वर प्रसाद भट्टको अध्यक्षतामा साइकलहरु वितरण गरिएको थियो ।

Loading...