सुदूरपश्चिममा एकै दिन २२ जनामा कोरोना संक्रमण

Dadeldhura hospital

धनगढी- सुदूरपश्चिम प्रदेशमा आइतबार एकै दिन २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सात सय ६२ जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा १८ जना र ४० जनाको पीसीआर विधिबाट गरिएको परीक्षणमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा गरेको परीक्षणमा पोजेटिभ देखिएकामा १९ जना कैलालीका, दुई जना कञ्चनपुर र एक जना बैतडी जिल्लाका रहेको जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...