धनगढीमा विद्युतीय सुरक्षा दिवस मनाइयो

Dadeldhura hospital

धनगढी- धनगढीमा विद्युत सुरक्षा दिवस मनाइएको छ । नेपाल विद्युत प्राधिकरण, धनगढी वितरण केन्द्रले सुरक्षा दिवस मनाएको हो । धनगढी वितरण केन्द्रका प्रमुख सूर्य मण्डलले बिजुलीको काम जोखिम रहेकाले सुरक्षाको चेतनाका लागि दिवस मनाइएको बताए ।

प्रत्येक वर्ष चैत २६ गते विद्युतीय सुरक्षा दिवस मनाउदै आएको उनले बताएका छन् । सुदूरपश्चिम प्रदेशमा विद्युतीय सुरक्षा राम्रो देखिएको दाबी उनको छ । विद्युतका कर्मचारी र उपभोक्ताहरुले विद्युतीय सुरक्षामा ध्यान दिनुपर्ने उनले बताएका छन् ।

Navadurga sun
Godawari sandesh
Loading...