कैलालीको गोदावरी-४ बुढीतोलामा भुकम्प प्रतिरोधात्मक नमुना विद्यालयको भवन शिलान्यास

अत्तरिया- विद्यालय भुकम्प सुरक्षा कार्यक्रम अन्तर्गत गोदावरी-४ बुढीतोलामा भुकम्प प्रतिरोधात्मक नमुना विधालयको भवन शिलान्यास गरिएको छ ।

Dadeldhura hospital

आइतबार एक कार्यक्रमका बिच स्थानिय लक्ष्मी माध्यमिक बिद्यालयमा गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले भबनको शिलान्यास गरेका हुन ।

Navadurga sun
Godawari sandesh

बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष रबिन्द्र रोका मगरको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथि नगर उपप्रमुख शारदा देवी रोकाया रहेकी थिइन ।

त्यस्तै कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बसन्त कुमार खत्री, जियो हजार्ड इंटरनेशनल संस्थाका राष्ट्रीय प्रतिनिधि उपमा ओझा, दिनेश जोशी, भुकम्प प्रबिधि राष्ट्रीय समाज नेपालका कार्यक्रम व्यवस्थापक कृति तिवारी, वडाका सदस्य, बिद्यालयका प्रधानाध्यापक लगायतको सहभागिता रहेको थियो ।

Loading...