

बैतडी– बैतडीमा नेपाली कांग्रेसले संगठन सुदृढीकरण अभियान शुरु गरेको छ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशकार्य समितिको कार्यक्रम अनुसार संगठन सुदृढीकरण अभियान शुरु गरिएको नेपाली कांग्रेस बैतडीका उपसभापति बीरबहादुर बिष्टले बताए । जिल्लाका १० वटै स्थानीय तहमा संगठन सुदृढीकरण अभियान कार्यक्रम सञ्चालन गरिने छ ।



अभियान अन्तर्गत पार्टीको आन्तरिक जीवनलाई सुदृढ बनाउने,पार्टीबाट निर्वाचित जनप्रतिनिधि र पार्टीका पदाधिकारीबीच छलफल र पालिकाहरुमा सञ्चालन भइरहेका विकास निर्माणका कामका बिषयमा छलफल हुने गरेको उपसभापति बिष्टले बताए । शनिबार अभियान अन्तर्गत सुर्नया गाउँपालिका ५ मा छलफल तथा अन्तरक्रिया सम्पन्न गरिएको छ ।


उक्त अभियानमा पार्टीका सुदूरपश्चिम प्रदेश समिति सदस्य जनकबहादुर बिष्ट, पार्टीका उपसभापति खगेन्द्रसिंह धामी, बैतडी प्रदेश सभा क्षेत्र न १ का सभापति विष्णुदत्त भट्ट, सुर्नयाका ८ ओटै वडाका कांग्रेसका पदाधिकारी र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।