बैतडीको एक नगरपालिकाको ‘लोगो’ सार्वजनिक

बैतडी- बैतडी जिल्लाको एक नगरपालिकाले २७ वर्षपछि लोगो सार्वजनिक गरेको छ । जिल्लाको दशरथचन्द नगरपालिकाले आफ्नो प्रतीक चिन्ह अर्थात ‘लोगो’ शुक्रबार सार्वजनिक गरेको हो । नगरपालिका स्थापना भएको २७ बर्षपछि नगरपालिकाले पहिलो पटक नगर स्थापना दिवस मनाउँदै लोगो सार्वजनिक गरेको हो ।

Dadeldhura hospital

नगरपालिकाले सार्वजनिक गरेको लोगोमा अमर शहीद दशरथ चन्दको तस्बिरमा दाँया-बाँया दुईओटा लालीगुराँशको फूल, मध्य भागमा त्रिपुरासुन्दरी, निङ्गलाशैनी, ग्वाल्लेकेदार, ईश्वरीगंगा धाम, जगन्नाथ लगायत प्रमुख धार्मिक पर्यटकीय क्षेत्रहरु समावेश गरिएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

संघीय सांसद दामोदर भण्डारी र नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले संयुक्त रुपमा लोगो सार्वजनिक गरेका हुन् । साथै नगरपालिकाले हेलो मेयर कार्यक्रम सञ्चालन सहजताका लागि टोल फ्रि नम्बर समेत सार्वजनिक गरेको छ ।

Loading...