

धनगढी– पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा कोरोना सक्रमणदर बढिरहेको छ । प्रदेशमा विहीबार एकै दिन २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



सात सय ८० जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा २१ जना र २४ जनाको पिसिआर विधिबाट गरिएको परिक्षणमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा गरेको परिक्षणमा पोजेटिभ देखिएकामा १८ जना कैलालीका, चार जना बैतडीका र दुई जना कञ्चनपुर जिल्लाका रहेको जनाएको छ ।