गोदावरीका मेयर भट्टले गरे आफ्नै कर्मचारीको छड्के अनुगमन, १० बजे पछि आउने कर्मचारी गेट बाहिर

अत्तरिया- गोदावरी नगरपालिकामा नगर प्रमुख बिरेन्द्र भट्टले आफ्नै कर्मचारीको छड्के अनुगमन गरेका छन । कर्मचारी ढिलो आउने गरेको जनगुनासो आएपछि उनले बिहीवार बिहान अनुगमन गरेका हुन ।

बिहान १० बजे अगाबै कार्यालय पुगेका मेयर भट्टले १० बजे पछि मुल गेट बन्द गर्न लगाएका थिए । जसको कारण १० बजे पछि कार्यालय आएका कर्मचारी गेट बाहिर नै बस्न बाध्य भएका थिए ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

उनले कार्यालयमा बिहान १० बजेभन्दा ढिला आउने कर्मचारीहरुलाई प्रवेश रोक लगाउनुका साथै बेतलबी बिदा समेत दिने चेतावनी दिएका छन । नगरप्रमुख भट्टले प्रशासनिक काम कुरा गर्न गाह्रो भैरहेको अवस्थामा कार्यालय समयमा कर्मचारीहरु नपुग्दा समस्या हुन थालेपछि उक्त कार्य गरिएको बताए ।

कार्यालयमा समयमै कर्मचारीहरु नआउदा शाखागत कामकारबाहीहरुमा ढिलाई भैरहेको उनले बताए । उनले आगामी दिनहरुमा पनि यस्तै गतिविधि कर्मचारीहरुले दोहोर्‍याए त्यस्ता कर्मचारीहरुलाई अन्य कारबाहीको प्रकृयामा लैजाने बताए ।

कार्यालयमा प्रत्येक दिन ढिला आउने कर्मचारीहरुलाई नियममा बाध्न यस्तो गरिएको बताउदै उनले कार्यालयको प्रशासनिक कामकारबाहीमा भने कुनै समस्या नहुने जानकारी दिए ।

Loading...