कञ्चनपुरको बेलौरीमा अवैध कुखुरा स्थानीयको नियन्त्रणमा

कञ्चनपुर- कञ्चनपुरको बेलौरीमा सोमबार मध्यराति भारतबाट अवैध भित्र्याएको कुखुरा स्थानीयले नियन्त्रणमा लिएका छन् । कुखुरा पालन किसान समुहले से.४प. ५६८३ नम्बरको मोटरसाईकलमा भारतबाट ल्याउँदै गरेको करिब डेढ क्विन्टल ब्रोईलर कुखुरा, मोटरसाइकल र संलग्न व्यक्तिलाई ईलाका प्रहरी कार्यालय बेलौरीको जिम्मा लगाएको छ ।

Dadeldhura hospital

मध्यराती नै ईलाका प्रहरी कार्यालयमा पुगेर जिम्मा लगाउन खोज्दा एक प्रहरी सहायक निरिक्षकले कुखुरा सहितको मोटरसाईकल बुझ्न आनाकानी गरेको कुखुरा पालन किसान समुहका अध्यक्ष प्रकाश तामाङ्गको आरोप छ ।

Navadurga sun
Godawari sandesh

लामो प्रयासपछि प्रहरीले अवैध कुखुरा नियन्त्रणमा लिएको उनले बताए । तर इलाका प्रहरी कार्यालयले भने अवैध कुखुराको विषयमा सामान्य सोधपुछका क्रममा केहि समय लागेपनि प्रहरीले नियन्त्रणमा नलिने भन्ने विषय नभएको बताइएको छ ।

Loading...