


धनगढी– सुदूरपश्चिम प्रदेशमा सोमबार चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन सय ७४ जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा ३ जना र २८ जनाको पिसिआर विधिबाट गरिएको परिक्षणमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार कोरोना पोजेटिभ देखिएका चारै जना कैलाली जिल्लाका रहेका छन् ।

