जनताको वास्तविक सरकार एमालेको नेतृत्वमा मात्र सम्भव : पोलिटब्युरो सदस्य ठगुन्ना

धनगढी– नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिम सह-इन्चार्ज गणेश सिंह ठगुन्नाले जनताको वास्तविक सरकार एमालेको नेतृत्वमा मात्र सम्भव रहेकोले आगामी निर्वाचन मार्फत एकल बहुमतको सरकार बनाउने उद्देश्यका साथ मिसन ग्रासरुट अभियान सुरु गरिएको बताएका छन् ।

नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अन्तर्गत धनगढीमा आयोजित नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) को सुदूरपश्चिम प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै ठगुन्नाले मजदुर आन्दोलन एमालेका लागि महत्वपूणर् रहेको बताए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उनले मजदुरका मुद्दा एमालेले मात्र बोकेको दाबी गरे । ‘विभिन्न नाममा खुलेका नया पार्टी र स्वतन्त्रहरुले दलहरुलाई प्रश्न गरिरहेकोले नेता र कार्यकर्ताहरुले एमालेले गरेका जनमुखी कामहरु बताउन सक्नुपर्छ,’ पोलिटब्युरो सदस्य ठगुन्नाले भने । उनले एमालेकै नीतिका कारण मुलुकको ३० लाख ६० हजार जनसंख्याले सामाजिक सुरक्षा भत्ता पाइरहेको पनि बताए ।

कार्यक्रममा नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटीका सचिव धर्म राज पाठकले मजदुरका मुद्दामा एमाले बाहेकका दलहरुले कुनै काम नगरेको बताए । उनले महिला मजदुरले पुरुष सरह सामान कामको समान ज्याला पाउनुपर्ने माग पनि एमालेले अघि सारेको बताए । उनले भने, ‘एमालेले मात्रै देशलाई समृद्धिको बाटोमा लैजान सक्छ, त्यसैले एमालेको एकल बहुमतको सरकारका लागि आगामी निर्वाचनलाई उपयोग गर्न मिसन ग्रासरुट सुरु गरिएको हो ।’

कार्यक्रममा केन्द्रीय निर्वाचन बिभाग सदस्य रण बहादुर चन्द, कैलाली जिल्ला कमिटीका कार्यबाहक अध्यक्ष दुर्गाप्रसाद जोशीले पनि बोलेका थिए । कार्यक्रम जिफण्टका प्रदेश अध्यक्ष जीत बहादुर मल्लको अध्यक्षतामा भएको थियो ।

Loading...