यौन तथा प्रजनन् स्वास्थ र सुरक्षित गर्भपतन सम्बन्धी स्थानीय जनप्रतिनिधिहरुसँग अन्तरक्रिया गोष्ठी सम्पन्न

अत्तरिया- कैलालीको चुरे गाउँपालिकामा यौन तथा प्रजनन् स्वास्थ र सुरक्षित गर्भपतन सम्बन्धी स्थानीय जनप्रतिनिधिहरुसँग अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । चुरे गाउँपालिका घरखेडा कैलालीमा जनप्रतिनिधिहरुसँग २ दिने अन्तरक्रिया गोष्ठी शुक्रबार सम्पन्न भएको हो । चुरे गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटीको प्रमुख अतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

Navadurga sun

उक्त कार्यक्रममा बोल्दै अध्यक्ष बोगटीले हाम्रो समाजमा पहिले देखि नै पृत्युसतात्मक समाज छ । ‘महिलालाई हाम्रो समाजमा केहि पनि नमान्ने अहिले हइन पहिले देखि नै चलिआएको समाज हो ।’ उनले भने, ‘यस्तो कुरालाई विस्तारै हामिले हटाउँदै जानु पर्छ ।’

त्यस्तै महिलामा हुने महिनावारी हुनु प्राकृतिक देन हो, इश्वरीय बरदान हो । उमेर पुगेपछि आफै महिनावारी हुने हो त्यसैले बरु स्वास्थ्यका साथै सभा कोठामा राख्नु पर्‍यो । खानपानमा राम्रो ध्यान दिनु जरुरी रहेको बताए । यस्तो स्वास्थ्य सम्वन्धी क्रियाकलापहरु आफ्नो घरबाटै सुरुवात गर्नु पर्ने बताए।

तपाई आफुहरुले सीकेको कुराहरु कोठाभित्र सिमित नराखेर आफ्नो समाजमा गाउँमा नेतृत्व गर्नको लागि अग्रसर हुनु पर्ने बताए । यस्तो स्वास्थ्य क्षेत्रमा दुई महिला अनिवार्य गरेको समेत बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...