


धनगढी- धनगढीमा एक जना बालकको डुबेर मृत्यु भएको छ। नदीमा नुहाउने क्रममा डुबेर धनगढी–१७ धुर्जन्नास्थित दिपनगर टोलका दिले भुलको छोरा ९ वर्षीय बिमल भुलको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।


शिवगंगा नदीमा नुहाउने क्रममा डुबेर आइतबार मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

