सुदूरपश्चिमका ७ जनामा कोरोना संक्रमण

Dadeldhura hospital

धनगढी- सुदूरपश्चिमका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिममा पुनः कोरोना भाइरसको संक्रमण देखिन थालेको छ । आज गरिएको कोरोना परिक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ। पछिल्लो २४ घण्टामा तीन सय ४१ जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएको थियो।

कोरोनाको संक्रमण दर केही बढे पनि रोगले हुनेको मृत्यु दर भने शून्य रहेको बताइएको छ। कोरोना भाइरसको समस्या देखिएयता हालसम्म सुदूरपश्चिममा छ लाख ४१ हजार आठसय ४४ को नमुना परीक्षण भइसकेको छ। यीमध्ये ६१ हजार नौँ सय चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

 

Navadurga sun
Godawari sandesh
Loading...