कैलाली र कञ्चनपुरका चार नगरमा सडक सञ्जाल थपिँदै

धनगढी- धनगढी उपमहानगरपालिका–१ मा अस्थायी बसोबास गरिरहनुभएका कञ्चनपुरको लालझाडीका २१ वर्षीय राजकुमार चौधरीलाई मुख्य बजारको भीडभाडमा गाडी चलाउन कठिन लाग्ने गरेको थियो। उनले भने, ‘तर केही समययता धनगढीको मुख्य सडकको विकल्पमा शहीदगेट क्याम्पसरोड सडक सुधार भएपछि गाडी चलाउन सहज लाग्न थालेको छ।’ स्कुल र कार्यालय खुल्ने समयमा मुख्य सडकमा गाडी चलाउनु निकै जोखिमपूर्ण हुने गरेकोसमेत उनले बताए ।

निजी व्यावसायिक घरानाको गाडी चलाउने चौधरी र अन्य खालका सवारीसाधन चनाउनेसहितका धनगढीवासीलाई अहिले वैकल्पिक सडक बनेपछि धनगढीभित्रै र धनगढीबाहिर आवतजावत गर्न सजिलो भएको छ।

Navadurga sun
Godawari sandesh

धनगढीकै दीपु साउद आफूलाई पनि मुख्य सडकको विकल्पमा शहीदगेट क्याम्पसरोड सडक सुधार भएपछि सहजता महसुस भएको बताएका छन् । यद्यपि नेपाल सरकारको सहरी विकास तथा भवन निर्माण विभागको सङ्घीय आयोजना कार्यान्वयन एकाइ, धनगढीको क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत बनिरहेको सो सडकका केही ठाउँमा अझै निर्माण कार्य भइरहेको छ।

सङ्घीय आयोजना कार्यान्वयन एकाइका इन्जिनियर सञ्जीवकुमार शाहका अनुसार धनगढीमा सो सडकसहित एक दर्जन बढी सडक बनिरहेका छन्। ती सबै सडकको लम्बाइ १०.२५ किलोमिटर सडक छ। त्योमध्ये ४.१४ किलोमिटर सडक बनिसकेको छ। ती सडकअन्तर्गत २०.४५ किलोमिटर नाला बन्नुपर्नेमा १७.०६८ किलोमिटर नाला निर्माण भइसकेको छ।

Dadeldhura hospital

उनले भने, ‘ती सडक बनेपछि धनगढी अझ बढी व्यवस्थित हुनेछ।’ सो आयोजनाअन्तर्गत कैलालीकै गोदावरीमा १६.५३ किलोमिटर सडक बनाउने लक्ष्य रहेकोमा १०.८६६ किलोमिटर सडक बनिसकेको छ। ती सडकमा १०.३०५ किलोमिटर नाला बन्नुपर्नेमा ९.५३४ किलोमिटर नाला बनिसकेको छ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकामा १४।०१४ किलोमिटर सडक बनाउने योजना रहेकोमा ९.८१ किलोमिटर निर्माणको काम पूरा भएको छ। ती सडकका लागि २२।४७१ किलोमिटर नाला बन्नुपर्नेमा १८.२९० किलोमिटर नाला बनिसकेको इन्जिनियर शाहले बताए ।कञ्चनपुरकै शुक्लाफाँटामा ४।७७ किलोमिटर सडक बनाउने योजना रहेकोमा ३.७८ किलोमिटर सडक बनिसकेको छ। ६.१ किलोमिटर नाला बनाउने लक्ष्य रहेकोमा लक्ष्यभन्दा बढी ६।२५३ किलोमिटर नाला बनेको छ।

एसियाली विकास बैङ्कको ऋण सहयोगमा बन्दै गरेका चारवटै नगरपालिकाका विभिन्न सडकमध्ये भीमदत्त नगरपालिकाको सडक बनाउन २०७६ चैत ३० गते तथा धनगढी, गोदावरी र शुक्लाफाँटाका सडक बनाउन वि।सं। २०७७ असार २८ गते सम्झौता भएको थियो। तीमध्ये धनगढी, गोदावरी, भीमदत्त दुईरदुई वर्षमा र शुक्लाफाँटाका सडक एक वर्ष आठ महिनामा पूरा गर्नुपर्ने लक्ष्य लिइएको थियो।

सङ्घीय आयोजना कार्यान्वयन एकाइ, धनगढीका प्रमुख रमेश थिङले चारवटै नगरको सडक निर्माणमा संलग्न निर्माण कम्पनीहरूले निर्माण कार्यका लागि केही समय थप मागेको बताउँदै सबै सडक निर्माणकार्य चाँडै पूरा हुने विश्वास व्यक्त गरे । उहाँ कोभिड–१९, विभिन्न सडकमा हुने स्थानीय समस्याबीच पनि फागुन १५ गतेसम्ममा धनगढीमा ४९.५३, गोदावरीमा ६०, भीमदत्तमा ५२.१२ र शुक्लाफाँटामा ६३.०५ वित्तीय प्रगति हुनु सन्तोषजनक हो भन्ने।

धनगढी, गोदावरी, शुक्लाफाँटा र भीमदत्त नगरपालिकाका सडक नाला र फुटपाथसमेत गरेर कम्तीमा आठ मिटरदेखि बढीमा ३४ मिटरसम्म चौडाइका बनेका छन्। क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गतका धनगढीमा बनिरहेका सडकमा ७६ करोड ९० लाख ७६ हजार ५३७ रुपियाँ, गोदावरीमा ५४ करोड ५३ लाख ९७ हजार रुपियाँ, भीमदत्तमा ९९ करोड १८ लाख ४४ हजार ४४८ रुपियाँ र शुक्लाफाँटामा २७ करोड ८७ लाख ८७ हजार ५६१ रुपियाँ बजेट विनियोजन गरिएको छ। गोरखापत्रबाट

Loading...