पूर्वमन्त्री साउँदले गृह जिल्लामा स्वास्थ्य सामाग्री पठाए




कञ्चनपुर, १९ जेठ- नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री एनपी साउँदले गृह जिल्ला कञ्चनपुरमा स्वास्थ्य सामाग्री पठाएका छन् । बुधबार पूर्वमन्त्री साउँदले आफ्ना स्वकीय सचिव दिपक जोशी मार्फत गृह जिल्ला कञ्चनपुरका लागि स्वास्थ्य सामाग्री पठाएका हुन् ।



आफैँ कोरोना संक्रमित भई हाल होम आइसोलेसनमा रहेका पूर्वमन्त्री साउँदले पठाएका स्वास्थ्य सामाग्री कञ्चनपुरका कृष्णपुर, शुक्लाफाँटा र बेदकोट नगरपालिकालाई हस्तान्तरण गरिएको पूर्वमन्त्री साउँदका स्वकीय सचिव जोशीले बताए ।


पूर्वमन्त्री साउँदले २५ थान बेड, २५ थान पङखा, ३ हजार माक्स लगायतका स्वास्थ्य सामाग्री जिल्ला स्थित कृष्णपुर, बेदकोट र शुक्लाफाँटा नगरपालिकालाई हस्तान्त्ररण गरिएको जोशीले बताए ।
विश्व महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण न्यूनिकरण तथा विरामीको उपचारमा केही सहयोग होस् भन्ने उद्देश्यले पूर्वमन्त्री साउँदले उक्त स्वास्थ्य सामाग्री सहयोग गरेको जनाएका छन् ।



