

बैतडी- बैतडीको श्रीकोट क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिकास्थित श्रीकोट बहुमुखी क्याम्पसको स्ववियु चुनावका नेकपा (एमाले) निकट अनेरास्ववियुको प्यानलै विजयी भएको हो।



सभापतिमा अनेरास्ववियुका शम्भुराज गिरी ९२ मत ल्याउँदै विजयी भए। उनका निकटतम प्रतिस्पर्धी माओवादी निकट अखिल (क्रान्तिकारी) का लोकबहादुर कार्कीले ६३ मत प्राप्त गरे।


सचिवमा अनेरास्ववियुकै रमेशदत्त भट्ट ९६, कोषाध्यक्षमा सुनिल जोशी ९४, सदस्यहरूमा क्रमशः दिनेश भट्ट ८८, पुष्पा कार्की ९३, सृजना लुहार ९८ मत ल्याउँदै विजयी भएको निर्वाचन समितिले जनाएको छ।