नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिममा पुनः पुरानै टिम निर्विरोध चयन

धनगढी- नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशमा पुनः अध्यक्षमा शंकर बोगटी निर्विरोध चयन भएका छन्। महासंघको सुदूरपश्चिम प्रदेश अध्यक्षमा बोगटी लगायत सम्पूर्ण पदमा सर्वसम्मत पुरानै टिम निर्विरोध चयन भएका हुन्। अध्यक्ष बोगटीको महासंघमा यो तेस्रो कार्यकालका रहेको छ।

Dadeldhura hospital

महासंघको प्रदेश अध्यक्षमा शंकर बोगटी, उपाध्यक्षमा मदन राज पन्त, उपाध्यक्षमा कञ्चनपुरका अनिल कुमार भुजा निया, कोषाध्यक्षमा कैलालीबाट लालमनी पन्त सर्वसम्मत शनिवार चयन भएका छन्।

Navadurga sun
Godawari sandesh

यस्तै सदस्यहरूमा वासुदेव गौतम, डोटी, कृष्ण बहादुर तामाङ, पुनर्वास, सन्तोष खड्का, टीकापुर, कृष्ण कुँवर,अछाम, लोकराज भट्ट नाटा सुदूरपश्चिम, शंकर बहादुर खड्का, धनगढीबाट सर्वसम्मत चयन भएका हुन्।

Loading...