स्वास्थ्य संस्था बन्द

बैतडी- सिगास गाउँपालिका–१, बेसारास्थित गाउँघर क्लिनिक बन्द भएको छ। महिनामा एक पटक खुल्ने गरेको सो क्लिनिक फागुन २८ गतेदेखि पूर्ण रूपमा बन्द भएको स्थानीय जगदीश भट्टले बताए ।

सिगास गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम बोहराका अनुसार गाउँघर क्लिनिक सञ्चालन गर्न करारमा नियुक्त गरिएका अनमीको म्याद सकिएपछि क्लिनिक बन्द अवस्थामा रहेको हो।

Navadurga sun
Godawari sandesh

स्वास्थ्य संयोजक बोहराले गाउँपालिकाको निर्णयअनुसार करारमा नियुक्त भएका अनमीको फागुनमा करार अवधि सकिएपछि समय थप नगरिएको बताए । उनले लोकसेवा आयोगबाट स्वास्थ्यकर्मी माग भएकाले करारमा नियुक्त भएकाको म्याद थप हुने या नहुने विषयमा गाउँ कार्यपालिकाले निर्णय गर्ने बताए ।

Dadeldhura hospital

यसैबीच जिल्ला स्वास्थ्य कार्यालय बैतडी र जिल्ला प्रशासन कार्यालय बैतडीले बिहीबार स्थानीय तहका स्वास्थ्य संस्थाको अनुगमन गरेको छ। अनुगमनका क्रममा स्वास्थ्य संस्थाको अवस्था लथालिङ्ग पाइएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।

उनका अनुसार पाटन नगरपालिकाका स्वास्थ्य संस्थाको अवस्था नाजुक छ। यो विषयमा सम्बन्धित पालिकालाई लिखित रूपमा खचेत गराइने प्रजिअ पन्थीले बताए ।

पालिकाले स्वास्थ्य संस्थालाई यथोचित बजेट उपलब्ध नगराएको, खानेपानी, विद्युत्जस्ता अत्यावश्यक वस्तुको वैकल्पिक व्यवस्थापन नभएको, कार्यरत कर्मचारीलाई प्रशिक्षण तथा नियमित अभिमुखीकरणको प्रबन्ध नगरिएको, दरबन्दीअनुसारको काजमा अन्यत्र खटाई सम्बन्धित स्थानमा रिक्त राखिएको जस्ता समस्या स्वास्थ्य केन्द्रमा पाइएको जनाइएको छ।

सङ्घीयतापछि स्वास्थ्य संस्था व्यवस्थापनको अधिकार र बजेट सबै स्थानीय तहलाई दिइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । स्वास्थ्य कार्यालयले अनुगमन गरे पनि कारबाही गर्न सक्ने अधिकार नभएको उनले बताए ।

Loading...