

धनगढी- कैलालीमा वन पैदावार मुद्दाका फरार चार जना प्रतिवादी पक्राउ परेका छन्। कैलाली प्रहरीले बिना इजाजत वन पैदावार हटाएको मुद्दामा फरार रहेका चार जनालाई बिहीबार पक्राउ गरेको जनाएको छ ।



बिना इजाजत वन पैदावार हटाएको मुद्दामा फरार रहेका गोदावरी नगरपालिका–२ का रुपेश थापा, ललित ओली, अर्जुन बोहरा र भानु ओलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी नायव उपरीक्षक डिएसपी कुल दीप चन्दले बताए।


फरार रहेका चारै जनालाई लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको उनले बताए। जिल्ला अदालत कैलालीले उनीहरूलाई जनही ८३ हजार ९ सय ७० जरिवाना तोकेको थियो।