नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही ३ लाख दिने सरकारको घोषणा

काठमाडौं- विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएको नेपाली टोलीलाई सरकारले जनही तीन लाख रुपैयाँ दिने घोषणा गरेको छ।प्रधानमन्त्री एवं युवा तथा खेलकुदमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको नेपाली क्रिकेट टोलीलाई बधाई दिँदै जनही ३ लाख दिने घोषणा गरेका हुन्।

Dadeldhura hospital

बिहीबार त्रिवि खेल मैदानमा प्रधानमन्त्री प्रचण्ड आफै उपस्थित भएर खेलाडीलाई हौसला दिएका थिए। उनले आज बिहान टोलीलाई बधाई तथा शुभकामना दिन बालुवाटार बोलाएका थिए।

Navadurga sun
Godawari sandesh

हिजो भएको विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रनले पराजित गर्दै नेपाली टोली विश्वकप क्वालिफायरमा प्रवेश गरेको हो। अब नेपाल जिम्मबाब्बेमा हुने विश्वकप छनोट खेल्ने छ। १० टिम सहभागी टोलीमा दुई समूहका शीर्ष २ टोलीले भारतमा हुने विश्वकप खेल्न पाउनेछन्।

Loading...