भन्सार छलेर भित्र्याइएको अवैध सामान बरामद

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ अमखैयाबाट भन्सार छली भित्र्याइएको १ लाख ७४ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ । ईलाका प्रहरी कार्यालय कञ्चनपुरले बुधबार बेवारिसे अवस्थामा उक्त सामान बरामद गरेको हो ।

बरामद गरिएको सामानमा कपडा र दूध पाउडर रहेको छ । उक्त सामान भन्सार कार्यालय गड्डाचौकीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले बताए ।

Loading...