


धनगढी- कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–३ चौकिडाँडास्थित सडकमा म।१ त १२०९ नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।



मृत्यु हुनेमा ट्याक्टर चालक कञ्चनपुर बेलौरी नगरपालिका–७ का ३१ वर्षीय प्रवेश चौधरी रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।


दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।





