अत्तरिया लोटस आई विद्यालयको सहयोगमा लागूपदार्थ दुर्ब्यसन विरुद्ध बनेको “सरी मम“ चलचित्र प्रदर्शन

उक्त चलचित्र सुदूरपश्चिम प्रदेशमा रहेका विद्यालयहरु मध्ये बिद्यार्थीहरुका लागि पहिलो शो

अत्तरिया- गोदावरी नगरपालिका २ अत्तरियामा रहेको लोटस आई अंग्रेजी माध्यमिक विद्यालयको सहयोगमा लागूपदार्थ दुर्ब्यसन विरुद्ध बनेको “सरी मम” चलचित्र प्रदर्शन गरिएको छ । “से नो टु ड्रग्स” अभियानका साथ बनाएको चलचित्र आईतबार एक कार्यक्रमको आयोजना गरी लोटस विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई चलचित्र देखाएको हो । आईतबार उक्त चलचित्र विद्यालयको सहयोगमा विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का २ सय ५० जना विधार्थीहरुलाई सहभागी गरी देखाएको थियो ।

विद्यालयका प्रिन्सिपल मान वहादुर ऐरले सरी मम चलचित्र हेरे पश्चात “यस चलचित्रले देखाउन खोजेको कथाले आफुलाई भावुक बनाएको बताए ।” उनले यस चलचित्रले देखाउन खोजेको “लागूपदार्थ विरुद्ध अभियान“ कथालाई पालना गर्ने हो भने अहिलेका जुन पुस्ता कुलतमा फसेका युवाहरु छन् तिनीहरूले पक्कैनै यो विकृतिलाई छोड्ने छन् साथै आफ्नो भविष्य सुन्दर, उजागर गर्दै जाने विश्वास संगै चलचित्रले जनचेतामूलक संदेश दिएको बताए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

“युवासमाजलाई, परिवारलाई, आमाबाबुको सपनालाई साकार गर्नको लागि हामीले यस्ता विभिन्न किसिमको विकृतिबाट, कुलतबाट समयमै सूचित पुर्याउनुहोस भन्नको लागि पनि आजको यस लागुऔषध विरूद्धको अभियान चलचित्र “सरी मम” हामीले एकचोटि हेर्नैपर्ने उनले बताए ।

विद्यालयका प्रिन्सिपल मन बहादुर ऐरले चलचित्रमा मुख्य भुमिका निर्वाह गरेका युवा अभिनेता प्रभात पाल ठकुरी यस विद्यालयमा अध्ययन गरेका विद्यार्थी समेत रहेको थिए र आगामी दिनहरूमा उत्तरोत्तर प्रगतिको कामना गर्दै देशका लाखौं युवाहरुलाई यस्तै किसिमका संदेशमुलक जनचेतनामुलक कार्यक्रम चलचित्रबाट समाजमा भएका विकृतिलाई हटाउन सफल होस् भनि शुभकामना समेत व्यक्त गरेका थिए ।

साथै चलचित्रमा मुख्य अभिनय रहेको नायक प्रभात पाल ठकुरीले आज जुन निमन्त्रणा स्वीकार गरेर पाल्नुहुने तथा सहयोग गर्ने सम्पुणर्लाई धन्यवाद दिँदै उनले लोटस आई अंग्रेजी माध्यमिक विद्यालयको सहयोगमा यस विद्यालयका विद्यार्थीहरुलाई देखाइएको उक्त चलचित्र सुदूरपश्चिम प्रदेशमा रहेका विद्यालयहरु मध्ये बिद्यार्थीहरुका लागि यो पहिलो शो रहेको बताए । साथै लगतै यस क्षेत्रको विभिन्न विद्यालयहरुमा देखाइने समेत उनले बताए ।

Loading...