कैलाली र कञ्चनपुरमा विद्युत सेवा अवरुद्ध




अत्तरिया, १८ जेठ- कैलाली र कञ्चनपुरका बिभिन्न ठाउँहरुमा हावाहुरीका कारण पोल भाँचिएर ढलेपछि विद्युत सेवा अवरुद्ध भएको छ ।



प्रदेशको अस्थायी राजधानी धनगढी सहित महेन्द्रनगर, टीकापुर, लम्किचुहा, झलारी लगायतका मुख्य शहर क्षेत्र र ग्रामीण भेगमा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ ।


प्रादेशिक कार्यालयले कतिपय ठाउँमा रूख ढलेर तार चुडिएको बताउँदै अधिकांश स्थानमा सिमेन्टका पोल भाँचिएकाले विद्युत आपूर्ति ठप्प भएको जानकारी दिएको छ । दुवै जिल्लामा लाइन मर्मत सम्भारका लागि प्राविधिक टोली खटाए पनि सीमित जनशक्ति हुँदा सेवा सुचारू गर्न केही समय लाग्ने प्राधिकरणले जनाएको छ ।



