श्री एयरलाइन्सलाई दिइयो उडान अनुमति

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजमाथि लगाएको ग्राउन्डेड फुकुवा गरेको छ। प्राधिकरणका प्राविधिकहरूले श्रीका उडानमा रहेका जहाजको जाँचपडताल गरेर उडानका लागि अनुमति दिएको प्राधिकरणले जनाएको छ।

Dadeldhura hospital

भैरहवाको उडानमा जहाजको दायाँ इन्जिनमा आगो लागेको संकेत देखापरेको घटनापछि नियमनकारी निकाय प्राधिकरणले शुक्रबारदेखि कुनै पनि सेक्टरमा उडान गर्न नपाउने निर्णय गरेको थियो।

Navadurga sun
Godawari sandesh

यसैबीच, श्री एयरलाइन्सले प्राधिकरणका विज्ञ टोलीद्वारा आफ्ना कम्पनीका जहाजहरु जाँच तथा अध्ययन गरी पुनस् सेवा सञ्चालन गर्न अनुमति दिएको जनाएको छ।

कर्पोरेट प्रबन्धक अनिल मानन्धरले शुक्रबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘नेपाल नागरिक उड्डयन प्राधिकरणले विज्ञहरुको टोलीद्वारा यस एयरलाइन्सको सम्पूर्ण जहाजको प्राविधिक जाँच, इन्जिनियरिङ, अपरेसन, सुरक्षा तथा कम्पनीको वित्ती स्थिति तथा प्रशासनिक क्षमताको विस्तृत अध्ययन गरी श्री एयरलाइन्स उडानका लागि पूर्ण सुरक्षित भएकोले पुनस् सेवा सञ्चालन गर्न अनुमति प्रदान गरेको व्यहोरा हाम्रा सम्पूर्ण आदरणीय यात्रु तथा शुभचिन्तकहरुलाई जानकारी गराउन चाहन्छौं।

 

Loading...