कैलालीको धनगढीमा सिकलसेल एनेमिया सम्बन्धी क्षेत्रिय सम्मेलन हुने

धनगढी- कैलालीको धनगढीमा सिकलसेल एनेमिया सम्बन्धी क्षेत्रिय सम्मेलन हुने भएको छ । सिकलसेन एनेमियाका क्षेत्रमा लामो समय काम गरेका अनुभवी चिकित्सक र नयाँ चिकित्सकहरु सहित उपस्थितीमा शनिबार क्षेत्रिय सम्मेलन हुन लागेको हो ।

Dadeldhura hospital

धनगढीको रुवस होटेलमा हुने सम्मेलनमा धनगढीमा कार्यरत बिषेशज्ञ चिकित्सक, नेपालगंज, टिकापुर, महेन्द्रनगर तथा काठमाण्डौँबाट समेत आउने १६ जना बिषेशज्ञ चिकित्सकहरुले बिभिन्न बिषयगत कार्यपत्र प्रस्तुत गर्ने आयोजक संस्था सोसाइटी अफ मेडिसिन अफ नेपालका केन्द्रिय सदस्य तथा सम्मेलन संयोजक डा.शुवेशराज कायस्थले बताए ।

Navadurga sun
Godawari sandesh

झण्डै ७ सय सदस्यहरु भएको यो संस्था देशभरीका चिकित्सकहरुको सबैभन्दा ठुलो पेषागत संस्था भएका कारणपनि यो सम्मेलन आयोजना गर्न लागेको डा।कायस्थले बताए । बिभिन्न बिषयका बिषेशज्ञ चिकित्सकहरु र नयाँ चिकित्सकहरु एउटै ठाउँमा बसेर सिकलसेल एनेमिया सम्बन्धी छलफल तथा बिचार मन्थन गरिने उनले बताए ।

यो सम्मेलनले सिकलसेल एनेमिया सम्बन्धी रोगको उपचारमा निकै योगदान दिने उनले अपेक्षा राखेका छन् । संस्थाको तथ्याकं अनुसार सेती अस्पतालमा ८ सय ३६, घोडाघोडी अस्पतालमा ३ सय ६१, टिकापुर अस्पतालमा १ जना गरी कैलालीमा १ हजार १ सय ९८ जना सिकलसेल एनेमियाका बिरामी फेला परेका छन् । कञ्चनपुरको महाकाली अस्पतालमा ८ जना गरी सुदूरपश्चिम प्रदेशभरी १ हजार २ सय ६ जना बिरामी फेला परेको संस्थाले जनाएको छ ।

Loading...