श्री एयरलाइन्सलाई उडानमा प्रतिबन्ध

Dadeldhura hospital
Ganyapdhura gau

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले श्री एयरलाइन्सलाई हवाई योग्यता निरीक्षण नभएसम्मका लागि जहाज उडाउन प्रतिबन्ध लगाएको छ।  गत बिहीबार काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो। त्यस दिन उक्त जहाज ठूलो दुर्घटनाबाट बचेको थियो।

इन्जिनमा आगो लागेपछि श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण उक्त घटनापछि उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका जहाजको इन्जिन जाँच गर्ने र उड्न योग्य देखिएपछि मात्रै पुनस् उडानका लागि अनुमति दिने भएको हो।  यसर्थ आजदेखि श्री एयरलाइन्सले आफ्ना कुनै पनि जहाज जहाज उडाउन पाउने छैन।  श्री एयरलाइन्सका ८ वटा जहाज छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणको सूचना

Couple
Loading...