

अत्तरिया- कैलालीको लालपुरमा ७ दिने आधारभूत पत्रकारिता तथा उद्घोषण तालिम सम्पन्न भएको छ । कामधेनु मिडिया हाउस नेपाल प्रा.लि.को आयोजना र गोदावरी नगरपालिका वडा नं.६ को आर्थिक सहयोगमा यही फाल्गुन १९ गतेबाट सुरु भएको ७ दिने उक्त तालिमको आज २५ गते एक कार्यक्रमकाबीच समापन गरिएको हो । कामधेनु मिडिया हाउस नेपाल प्रा.लि प्रबन्ध निर्देशक प्रेमसिंह बिष्टको सभापतित्वमा आयोजित समापन कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उप-कुलपति डा.टिएन जोशी प्रमुख अतिथी रहेका थिए ।


कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. ६ का कार्यवाह अध्यक्ष दिपक कठायत विशिष्ठ अतिथि रहेका थिए । गोदावरी नगर शिक्षक संगठनका अध्यक्ष नरेन्द्र शर्मा, शैलेश्वरी माबिका सह प्र.अ. शुक्तराज पंडियत, शैलेश्वरी माबि शिक्षिक धर्मराज नौन्याल अतिथिमा रहेका थिए ।



कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उप-कुलपति डा.टिएन जोशीले तालिममा सिकेका कुरा व्यवहारमा उतार्नु पर्ने प्रशिक्षार्थीहरुलाई सुझाव दिएका थिए । उनले पत्रकारिता क्षेत्रको विकासका लागि स्थानीय सरकारको भूमिका महत्वपूणर् हुने भएकाले स्थानीय सरकारले त्यसमा साथ र समर्थन दिनु पर्ने बताए । कामधेनु मिडिया हाउस नेपाल प्रा.लि.ले गरेको कार्य सराहनिय रहेको भन्दै सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले यस संस्थालाई सक्दो सहयोग गर्ने बताए । तालिममा सहभागी सबै प्रशिक्षार्थीहरुलाई धन्यावाद ज्ञापन गरेका थिए ।
यस्तै कार्यक्रममा बोल्दै कार्यवाह अध्यक्ष कठायतले ७ दिने सम्म सिके कुराहरुले समाजका लागि सकारात्मक भूमिका खेल्नु पर्ने बताएका छन् । उनले पत्रकार बौद्धिक जगत भएकाले समाज परिवर्तनको लागि पत्रकारको भूमिका अहम रहने बताए । यस क्षेत्रमा दक्ष पत्रकार उत्पादन गर्नको लागि वडाबाट आर्थिक सहयोग गरेको उनले बताए । आगामी दिनमा यि यस्ता संघसंस्थाहरुको सहर्कायमा बिभिन्न किसिमका तालिमहरु संचालन गर्ने उनले बताएका थिए ।
तालिममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टिएन जोशी, आर्थिक क्षेत्रमा लामो समय सम्म कमल चलाउदै आएका आर्थिक पत्रकार वीरेन्द्र भट्ट, गोदावरी एफएमका प्रबन्ध निर्देशक गोविन्द रोस्यारा,एसपिए कलेजका क्याम्पस प्रमुख योगराज गौतम र मञ्चका अध्यक्ष एवम् कामधेनु मिडिया हाउस नेपाल प्रा.लि.प्रबन्ध निर्देशक प्रेमसिंह बिष्टले प्रशिक्षण दिएका थिए ।
तालिममा वडा नं. ६ भित्र र लालपुर क्षेत्रका २८ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । उक्त समापन कार्यक्रममा स्वागत मन्तव्य यमुना दमाईले गरेकी थिइन भने कार्यक्रम संचालन गंगा साउद र गोविन्द तिखातरीले गरेका थिए । तालिममा सहभागी प्रशिक्षार्थीलाई संस्थाले प्रमाणपत्र समेत वितरण गरेको थियो ।