

धनगढी- कञ्चनपुरमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका–५ गुलरिया बजारस्थित सडकमा सु.प.प्र.०१००१ च २६२३ नम्बरको बोलेरो जिपले सु.प.प्र.०२००३ प ९८८६ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिएको थियो।



सो दुर्घटनामा मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका–७ का २५ वर्षीय मनिष चौधरीको मृत्यु भएको प्रहरीले जनाएको हो। ठक्करबाट गम्भीर घाइते भएका चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएका हो।


यस्तै, ठक्करबाट घाइते भएका मोटरसाइकलमा सवार चालकसहित २ जनाको अत्तरियाको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको छ।घटनापछि प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिएको छ।