काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजमा आगो देखियो, आकस्मिक अवतरण गरिँदै

काठमाडौं– काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो देखिएको। बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका लागि उडेको उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो।

उक्त जहाजलाई काठमाडौंमै आकस्मिक अवतरण गराउने तयारी छ। विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार जहाज काठमाडौं फर्काइएको छ। जहाज धादिङको थाक्रे क्षेत्रबाट काठमाडौं फर्काइएको हो। उडेको केहीबेरमा चालक दलका सदस्यले इन्जिनमा आगो देखिएको भनेर टावरलाई जानकारी गराएका थिए।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...