दुर्गा प्रसाईंको कालोमोसो दस्ताका संयोजक पक्राउ

चितवन- प्रहरीले दुर्गा प्रसाईंले बनाएको ‘कालोमोसो’ दस्ताका संयोजक शम्भु थापालाई भरतपुरबाट नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले मालपोत कार्यालय नजिकै रहेको चिया पसलबाट मंगलबार उनलाई नियन्त्रणमा लिएको हो।

Dadeldhura hospital

प्रसाईंले धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको नाममा देशका विभिन्न ठाउँमा सभा गरी कालोमोसो दस्ता बनाएका छन्। केही दिनअघि चितवनको नारायणी नदी किनारमा सभा गरेपछि भरतपुर विमानस्थलबाट कालोमोसो दस्ता घोषणा गरिएको थियो।

Navadurga sun
Godawari sandesh

यो दस्ताले बैंक तथा वित्तीय संस्थालाई निसाना बनाउने बताउँदै आएको छ। थापालाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले बतायो।

उनलाई कुन मुद्दामा अनुसन्धान गर्ने यकिन भइनसकेको प्रहरी स्रोतले बतायो। उक्त अभियानले भने थापाको रिहाइको माग गरेको छ।

Loading...