राष्ट्रिय परिचयपत्र : बैतडीमा १ लाख ७ हजारको विवरण संकलन

बैतडी- बैतडीमा हालसम्म १ लाख ७ हजारभन्दा बढीको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन भएको छ। वडास्तरबाट ९१ हजार १११ जनाको र जिल्ला प्रशासन कार्यालयमा १६ हजार १०५ जनाको विवरण संकलन भएको कम्प्युटर अपरेटर जगदीश भट्टले जानकारी दिए।

केही महिनाअघि अभियानकै रुपमा वडास्तरमा परिचयपत्र विवरण संकलन गरिएको भए पनि हाल भने जिल्ला प्रशासन कार्यालयमै विवरण संकलन भइरहेको छ।

Navadurga sun

१६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता लिएका नागरिकको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन भइरहेको हो। राष्ट्रिय परिचयपत्रका लागि फारम भर्न जाँदा नागरिकताको सक्कल प्रमाणपत्र, आमाबुवा र बाजेको नागरिकता भए सक्कल र नभए नामथर खुल्ने कागजपत्र साथमा ल्याउन आग्रह गरिएको छ।

यसैगरी बसाईसराई गरेको भए सो प्रमाणपत्र, राहदानी लिएको भए सो प्रमाणपत्र सक्कलै ल्याउन पनि आग्रह गरिएको छ। विवरण दिनका लागि स्वयं आफू उपस्थित भएर नागरिकता हुनुपर्ने, नागरिकता, फोटो, लोगो केरमेट नभएको हुनुपर्ने, विवाहित महिलाको हकमा श्रीमानको पनि नागरिकता र विवाह दर्ता पनि अनिवार्य गरिएको छ।

राष्ट्रिय परिचयपत्र बनाउन सबै नागरिकलाई आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए। बैतडीमा विसं २०७७ असोज पहिलो सातादेखि राष्ट्रिय परिचयपत्र विवरण संकलन शुरु भएको थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...