
अत्तरिया- कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ८ स्थीत स्याउले प्रहरी बिटमा जनशत्ति कम भएको गुनासो स्थानीयले गरेका छन् । समुदाय प्रहरी साझेदारी लागु औषध तथा दुव्र्यसन विरुद्धको अभियान कार्यक्रममा बोल्दै स्थानीयले स्याउले प्रहरी बिटमा जनशत्ति कम भएको गुनासो गरेका हुन् ।


स्याउले प्रहरी बिटमा हाल पाँच जना प्रहरी रहेका छन् । कार्यक्षेत्र ठुलो भएको र जनशत्ति कम भएका कारण यस क्षेत्रमा हुने घटनामा स्याउले प्रहरीले तुरुन्तै उपस्थीती जनाउन नसकेको गोदावरी ९ बल्मीका जय बहादुर विकले बताए । ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी गणेश बहादुर बरालले आवश्यक जनशत्ति थप गर्न आफुले प्रयास गर्ने बताएका छन् ।

