कस्तो छ मुम्बईमा उपचाररत कांग्रेस सांसद भण्डारीको स्वास्थ्य अवस्था?

काठमाडौँ- भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ। खाना पकाउने ग्यास लिक भएपछि भएको आगलागीबाट घाइते भएका डा. भण्डारीको स्वास्थ्य सामान्य हुँदै गएको पारिवारिक स्रोतले बताएको छ। चिकित्सकहरूका अुनसार भण्डारीको सबै पारामिटर सामान्य छन्।

Dadeldhura hospital

भण्डारीको उपचारमा सहयोग गर्नका लागि उनका दाइ मिन प्रसाद भण्डारी मुम्बईमा छन्। उनले उपलब्ध गराएको जानकारी अनुसार डा। भण्डारीलाई ज्वरो आएको छैन र आज ड्रेसिङ गरिनेछ। अस्पताल प्रशासन र डाक्टरहरुले भेटघाटमा कडाईका साथ प्रतिवन्द्ध लगाएको उनले बताएका छन्।

Navadurga sun
Godawari sandesh

गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक भएको थियो। ग्यास लिक भएपछि भएको आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए। हरिकलाको भने उपचारका क्रममा फागुन ४ गते कीर्तिपुर अस्पतालमा निधन भएको थियो। सोही दिन सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बई लगिएको थियो।

Loading...