धनगढी- सुदूरपश्चिम प्रदेशसभा बैठकमा प्रदेश संरचना खारेज गर्नुपर्ने माग उठेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको प्रदेशसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले उक्त माग उठाएको हो।



उक्त पार्टीकी प्रदेशसभा सदस्य खेमादेवी बिष्टले प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेकी हुन्।


बैठकमा बोल्दै उनले भनिन्, ‘प्रदेश सरकारमा भ्रष्टाचार मात्रै मौलाइरहेको छ, जनताले पनि चाहेका छैनन्। जनता पनि प्रदेश संरचना खारेज गर्नुपर्छ भनेर सडकमा उत्रिरहेका छन्।’
साथै उनले मुख्यमन्त्री शाहलाई विश्वासको मत पनि दिन नसकिने जानकारी गराएकी थिइन्। राप्रपाले यसअघि एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको थियो। सुदूरपश्चिम प्रदेश सभामा राप्रपाबाट बिष्ट एक मात्रै सांसद हुन्।