अत्तरियामा रहेको लोटस आई अंग्रेजी माविको २४औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका अत्तरिया स्थित लोटस आई अंग्रेज़ी माध्यमिक विद्यालयले वार्षिकोत्सव तथा अभिभाबक दिवस मनाएको छ । शनिबार विद्यालयले एक कार्यक्रमका बीच आफ्नो २४औं वार्षिकोत्सब तथा अभिभाबक दिवस विविध कार्यक्रम मनाइ सम्पन्न गरेको हो ।

बिद्यालयका संस्थापक गिरिराज कडायतको सभापतित्वमा सञ्चालन भएको वार्षिकोत्सब कार्यक्रममा सुदूरपस्चिम विश्वविद्यालय उपकुलपति डा.अम्माराज जोशी प्रमुख अतिथि रहनु भएको थियो ।

Navadurga sun
Godawari sandesh

Dadeldhura hospital

विद्यालय संस्थापक गिरीराज कडायतले कार्यक्रममा बोल्दै सबैले आ-आफ्नो ठाउँबाट जिम्मेवारी बहन गर्दै जाने हो भने यो देश बन्ने बताए । ‘दुनिया देशको समस्या गरिबी हो, गरिब बेरोजगारीको कारणले हुन्छ बेरोजगारी सीप नपाएको कारणले हुन्छ सीप शिक्षाको माध्यमबाट प्राप्त हुन्छ ।’ उनले भने , ‘लगानीले उत्पादन बढाउछ उत्पादनले रोजगारी र आम्दानी बढाउँछ आम्दानीले उपभोग बढाउँछ कन्टक्सनले डिमान्ड बढाउन्छ डिमान्डले प्रोडक्सन बढाउँछ ।’

एवम प्रकारले उत्पादनका सबै साधनहरु पूँजीले पनि रोजगार प्राप्त गर्दछ श्रमले पनि रोजगारी प्राप्त गर्छ श्रमलाई उत्पादन सँग उत्पादनलाई बजार सँग जोडेर यो देशलाई बनाउनको लागि पनि सम्पूर्ण सबै किसिमका रुपान्तरण शिक्षाको माध्यमबाट हुने उनले बताए ।

विस २०५५ साल स्थापना भई सञ्चालनमा आएको यस विद्यालयमा नर्सरी कक्षा देखि १२ सम्म पठनपाठन भईरहेको छ । हाल यस विद्यालयमा १३ सय भन्दा बढी विद्यार्थीहरुले अध्ययन गर्दै आईरहेका छन् । विद्यालयले २४ औं वार्षिकोउत्सवकोे अवसरमा खेलाउदै आइरहेको खेलहरुमा विद्यालयमा अध्ययनरत एवम् खेलकुदमा सहभागी प्रथम, दोस्रो र तेस्रो विद्यार्थीहरु लगायत उत्कृष्ट विभिन्न विधामा समेत विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए । वार्षिकोत्सब सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन, कल्चरल फेसन शो प्रस्तुत समेत गरेका थिए ।

वार्षिकोत्सव कार्यक्रममा अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष टिका दत्त जोशी, प्याब्सन सुदूरपश्चिम प्रदेश सचिव यम प्रसाद भण्डारी, प्याब्सन गोदावरी नगरपालिका अध्यक्ष श्याम बहादुर खत्री, जे.के. माध्यमिक विद्यालय प्रिन्सिपल दीपक ओझा, अत्तरिया हस्पिटलका प्रबन्ध निर्देशक आनन्द पाठक लगायत समाजसेवी, बुद्धिजिवी, शिक्षक/शिक्षिका, अभिभावक, विद्यार्थीहरु लगायत व्यक्तीहरुको उपस्थिति रहेको थियो ।

Loading...