धनगढीमा नेपाली सेनाले फिल्ड अस्पताल सञ्चालन

२५ शय्याबाट अस्पतालको सुरुवात

धनगढी, १७ जेठ- कैलालीको धनगढीमा नेपाली सेनाले फिल्ड अस्पताल सञ्चालनमा आएको छ । नेपाली सेनाको सुदूरपश्चिम पृतनाले धनगढीको बोराडाँडीमा २५ शय्याको अस्पताल सोमबारदेखि सञ्चालनमा ल्याएको हो । एक कार्यक्रमका बीच प्रधान सेनापति पूणर्चन्द्र थापाले सो अस्पतालको उद्घाटन गरेका हुन् ।

Dadeldhura hospital

अस्पतालबाट सुदूरपश्चिम प्रदेशका ४०/५० हजार जना नेपाली सेनामा कार्यरत कर्मचारी तथा पूर्व कर्मचारी सहित परिवारजनलाई उपचार सेवा दिने नेपाली सेना स्रोतले जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

सुदूरपश्चिममा कोरोनाका बिरामी बढेपछि सेनाको अस्पतालबाट कोरोना संक्रमितलाई उपचार दिन सुदूरपश्चिम सरकारले आग्रह गरेको थियो । सेवा सञ्चालन गर्न प्रदेश सरकारले ३० लाख रुपैयाँ सहयोग समेत गरेको छ ।

अस्पतालबाट हाल जनरल वार्ड र ल्याब सम्बन्धी सेवा प्रवाह भइरहेको बताइएको छ । अस्पताल सेनाको कल्याणकारी कोष र नेपाल सरकारको सयुक्त लगानीमा निर्माण गरिएको हो ।

Loading...