सहकारीमा चोरी गर्ने व्यक्ति पक्राउ

काठमाडौं– रातिको समयमा सहकारीमा चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। गत माघ ३ गते काठमाडौंको टोखा नगरपालिका–७ स्थित मिसास बचत तथा ऋण सहकारी संस्थाबाट चोरी गर्ने व्यक्ति सोमबार पक्राउ परेका हुन्।

Dadeldhura hospital

पक्राउ पर्नेमा नुवाकोटको बेलकोट गढी नगरपालिका–११ तिगाउँ घर भइ हाल काठमाडौंको तारकेश्वर नगरपालिका–१ भत्केको पुल बस्ने ३३ वर्षीय रुपबहादुर तामाङ रहेका छन्। उनले माघ ३ गते राति उक्त सहकारी संस्थाको ढोका फोडेर सेफसहित दुई लाख रुपैयाँ चोरी गरेका थिए।

Navadurga sun
Godawari sandesh

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले तामाङलाई बसुन्धाराबाट पक्राउ गरी थप कारबाही तथा अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्जमा पठाएको छ।

Loading...