कञ्चनपुरमा रहेको शान्ति पुर्नस्थापना गृहले तेस्रो राष्ट्रिय महिला अधिकार दिवस मनायो

कञ्चनपुर, १७ जेठ- कञ्चनपुरमा रहेको शान्ति पुर्नस्थापना गृहले तेस्रो राष्ट्रिय महिला अधिकार दिवस २०७८ मनाएको छ। तेस्रो राष्ट्रिय महिला अधिकार दिवस २०७८ को मूलनारा ‘महिलाको सुरक्षा र अधिकार संकटकालिन व्यस्थापन हाम्रो सरोकार’ भन्ने रहेकाे उक्त मुल नाराका साथ शान्ति पुर्नस्थापना गृह शाखा कार्यालय कञ्चनपुरले पश्चिमी सीमा नाका गड्डाचौकीमा विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो ।

Dadeldhura hospital

कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएसँगै यसको रोकथाम तथा नियन्त्रणका लागि मुलुकका अधिकांश क्षेत्रमा निषेधाज्ञा जारी भएकाले स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पूणर् पालना गरी दिवस मनाइएको शान्ति पुर्नस्थापना गृह कञ्चनपुरका इन्चार्ज सञ्जीत सिंहले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

कार्यक्रममा ईलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, अस्थायी ट्राफिक प्रहरी पोष्ट गड्डाचौकी, समाजसेवी, बुद्धिजिवी, महिला अधिकारकर्मी, पत्रकार लगायत संस्थाका कर्मचारीहरूहरूको समेत उपस्थिति रहेको थियो । दिवसका अवसरमा सचेतनामुलक व्यानर प्रदर्शन गरिएको थियो ।

Loading...