विद्यार्थीको संख्या भन्दा पनि शिक्षाको गुणस्तमार जोड दिई अध्यापन गराउँछौँ : हमाल

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं २ तेघरीमा रहेको जनकल्याण इङलिस स्कूलले बिभिन्न कार्यक्रमको आयोजना गरेर शुक्रबार आफ्नो २४ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो ।

उक्त बार्षिकोत्सवमा स्कुलका संस्थापक योगेन्द्र हमालले २४ औं वार्षिकोत्सव तथा अभिभाबक दिवस भव्यताका साथ मनाएको बताए । हमालले विद्यार्थीहरुको संख्या भन्दा पनि शिक्षाको गुणस्तमार जोड दिने गरेको बताए । ‘हामीले विद्यार्थीहरूको संख्या मात्र नभएर गुणस्तरिय शिक्षामा जोड दिई अध्यापन गराउँछौँ’, उनले भने ।

Navadurga sun

वि सं २०५४ सालमा ८ जना विद्यार्थीहरूको संख्याबाट एउटा भाडाको भरमा सञ्चालनमा ल्याइएको विद्यालयले अहिले आफ्नै स्वामित्वको भवनमा विद्यार्थीहरुलाई अध्यापन गराउँदै आइरहेको उनले बताए । अहिले विद्यालयमा नर्सरी कक्षा देखि १० कक्षा सम्म का ४ सय ५० जना विद्यार्थीहरुलाई पढ्नपाठन गराउँदै आइरहेको उनको भनाई रहेको छ ।

‘स्कूलले २४ औं बसन्त पार गरेका छ । एउटा कुनै सामान्य कुरा हैन फलामे चिउरा भन्दा पनि कडा भएको महसुस गरेका छौ र विगत २०५४ साल लाई फर्केर हेर्दा एकदम सानो झुप्रो तहरो भाडाको भरबाट सुरुवात गरेको आज समस्याहरु पछ्याउदै अगाडि बढेका छौँ’ उनले भने । उनले आगामी दिनमा जनकल्याण स्कूल कक्षा १० सम्म मात्र नरहेर प्राविधिक शिक्षाले जोड दिने बताए । विद्यार्थीहरुलाई पढाईको गुणस्तरमा विशेष किसिमको जोड दिँदै अगाडि बढ्को उनको भनाई छ ।

उनले विद्यालय सञ्चालन गर्दै गरिरहँदा २०६३ सालमा गोदावरी नगरपालिका वडा नं ४ बास्कोटा मा जनकल्याण एकेडेमी भनेर शाखा विस्तार गरेर सञ्चालन गरेका बताए । अहिले आएर एउटा छुटै अनुमति प्रदान गरेर कक्षा ७ सम्म मा त्यस क्षेत्रका विधार्थीहरुलाई पठनपाठन गराउँदै आईरहेको उनले बताए ।

ADD Khali jpg
Loading...