कैलालीबाट लागूऔषध सहित दुई युवक पक्राउ

धनगढी- कैलालीमा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् । जिल्लाको जानकी गाउँपालिका–९ कटासेबाट अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ परेका हुन ।

Dadeldhura hospital

पक्राउ पर्नेमा सोही ठाउको कुन्ती टोल बस्ने २९ वर्षीय हर्क परियार र १८ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

प्रहरी चौकी अमरावतीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट ६० मिलिग्राम खैरो हेरोइन फेला पारेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

Loading...