बैतडीमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड आजदेखि

बैतडी- बैतडीमा आजदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु हुँदै छ। जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीका अनुसार पाटनमा सञ्चालन हुने प्रतियोगितामा १० ओटै पालिकाका १० ओटा टीमका करिब ७०० विद्यार्थीको सहभागिता रहनेछ।

Ganyapdhura gau
Dadeldhura hospital

पाटनस्थित कृष्ण माविको खेल मैदानमा प्रतियोगिताको उद्घाटन गरिनेछ। उक्त प्रतियोगिताको तयारी पूरा भइसकेको जनाइएको छ। प्रतियोगितामा छात्रछात्रा भलिबल, छात्रछात्रा कबड्डी, छात्राछात्रा एथेलेटिक्स र छात्राछात्रा कराँते सञ्चालन हुनेछन्।

Navadurga sun
Godawari sandesh

फागुन १४ सम्म सञ्चालन हुने प्रतियोगितामा विजेता टिमले शिल्ड, ट्रफी र प्रमाणपत्र पाउनेछ। प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास लिइएको छ।

Couple
Loading...